VOLUNTEERS WITHOUT FRONTIERS (VWF)

Support Childrens !!!!

Join us in making a difference for childrens in Kailali and Bardiya. Your help is needed now!




संस्था परिचय:

सीमाविहिन स्वयं सेवक को स्थापना वि.सं २०६० असार ९ गते भएको हो । यो संस्था कैलाली जिल्लाको पूर्वी भेग कर्णाली नदीको पश्चिम तट स्थित टीकापुर नगरपालिकाको वडा नं. १ ब्लक नं. ११ मा रहेको छ । यो संस्था एउटा गैर–राजनीतिक र मुनाफा रहित विशुद्ध सामाजिक संस्थाहो । आफ्नो स्थापनाकालदेखि हालसम्म यसले पूर्ण मानवतावादी भावनाका साथ समुदायका गरिव,टुहुरा,अपाड्ड,सुविधाविहिन,पिछडिएको समूहका बालवालिका र महिलाहरुको सेवा,सुविधा र उत्थानमा टेवा पुर्याउने उद्देश्यले आफ्ना सम्पूर्ण कार्यक्रमहरु अघि बढाइरहेको छ। मुख्यतःगरिव,सुविधाविहिन,अपाड्ड टुहुरा बालवालिकाहरुलाई आवासीय सुविधा सहित विद्यालय अध्ययनका लागि आर्थिक एवं भौतिक रुपमा निरन्तर सहयोग गरिरहेको छ । कैलाली जिल्लाको पूर्वी क्षेत्र र बर्दिया जिल्लाको पश्चिमी क्षेत्र यस संस्थाको मुख्य कार्य क्षेत्र रहेको छ । यस संस्थाको सेवाप्रवाहका लागि गरिव, मुक्तकमैया, सुकुम्वासी, दलित लक्षित समूहकारुपमा रहेका छन् ।


कर्मचारी पक्ष:

यस संस्थाको लक्षित समूहका वालबालिहरुलाई संस्थाको निर्धारित उद्देश्य प्राप्तीका लागि सम्पादनगरिने कार्य सञ्चालनगर्न जम्मा पाच जना कर्मचारीहरु रहेका छन् , जसमध्य तिन जना कर्मचारी चौबिसै घण्टा संस्थामै बसेर वालबालिकाहरुका लागि भोजन व्यवस्थापन एवं सेवा–सुरक्षाको कार्य गर्दछन् । अन्य दुई जना कर्मचारीहरु सामान्य प्रशासन एवं लेखाप्रशासनको कार्य गर्दछन् ।



व्यवस्थापकीयपक्ष:

यस संस्थालाई सुचारु ढंगले सञ्चालन गर्न आवश्यक पर्ने नीति–नियम निर्माणका साथै अन्य व्यवस्थापकीय कार्य गर्नका लागि एक जना अध्यक्ष र अन्य १० जना पदाधिकारी गरी जम्मा ११ जनाको एउटा व्यवस्थापन समिति रहने व्यवस्था गरिएको छ ।


वालवालिकापक्ष:

समुदायमा रहेका विपन्न ,सुविधा विहिन, टुहुरा, अपाड्ड,सीमान्तिकृत परिवारका वालवालिकालाई आवास सहितको शैक्षिक सुविधा प्रदान गर्नु नै यस संस्थाको ेमुख्य लक्ष्य तथा उद्देश्य रहेको छ । सोही लक्ष्य एवं उद्देश्यलाई मूर्त रुप दिने क्रममा यस संस्थाको तमाम वालवालिकाहरुलाई सेवा प्रवाहगरिरहेको छ । हाल यस संस्थामा लक्षित समूहका २० जनावालवालिकाहरु शैक्षिक र आवासीय सुविधा उपभोग गरिरहेका छन् ।



खण्डः दुई

भौतिक पूर्वाधार:
भौतिक सुधार एवं व्यवस्थापनका लागि पूर्वाधारको अवस्था:

यस ‘सीमाविहिन स्वयं सेवक’नामक संस्थामा ‘भौतिक सुधार एवं व्यवस्थापन’नामक प्रस्तावित परियोजनालाई प्रभावपूर्ण एवं सहज ढंगले कार्यान्वयन गर्नका लागि संस्थाको भौतिक पूर्वाधारका रुपमा निम्नानुसारको अवस्था रहेको छ:



  • संस्थाको आफ्नै स्वामीत्वमा रहेको एक कट्टा जमिन ।
  • ३ तले १७ कोठे पक्की भवन ।
  • वल्र्ड लिंककम्पनीको नेट सेवा जडान ।
  • विद्युतलाइन जडान ।
  • खानेपानीको धारा जडान ।



मानवीय पूर्वाधार:

यस संस्था माभौतिक सुधार एवं व्यवस्थापन परियोजनाका लागि आवश्यक जनशक्ति उपलव्ध रहेको छ । यस सन्दर्भमा ४ जना कर्मचारी कार्यरत छन् भने जम्मा ११ जना पदाधिकारी सहितको व्यवस्थापन समिति रहेको छ ।


भौतिक सुधार एवं पूर्वाधार व्यवस्थापन परियोजनाले संस्थालाई प्राप्तहुने लाभः


‘भौतिक सुधार एवं व्यवस्थापन परियोजना’ कार्यक्रमले यस संस्थाको शैक्षिक, प्रशासनिक तथा भौतिक स्तरोन्नतीमा उल्लेखनीय लाभ पुर्याउने देखिन्छ । मुख्यतः यस कार्यक्रमले यस संस्थालाई देहायबमोजिमको लाभहुने देखिन्छ:


  • सेवाग्राहीवालवालिकाको स्वास्थ्यमा सुधार हुने ।
  • बालबालिकाहरुलाई भौतिकएवं मनोवैज्ञानिक ढंगले सुरक्षाको प्रत्याभूति प्राप्त हुने ।
  • बालबालिकाहरुलाई आधुनिक सूचना तथा सञ्चार प्रविधिको ज्ञान र सीपप्रदान गर्न सहज र फराकिलो अवसर निर्माण गर्न सकिने
  • बालबालिकाहरुलाई मनोरञ्जन र शारीरिकव्यायमको अवसर प्राप्तहुने ।
  • संस्थालाई प्रशासनिक प्रयोजनका लागि आवश्यक सूचना प्राप्तगर्न सजिलो हुने ।
  • बालबालिकाहरुको शैक्षिक गुणस्तरमा वृद्धि हुनका साथै उनीहरुको बौद्धिक विकासमा टेवापुग्ने ।
  • वालवालिकाहरुलाई आधुनिक सूचनाप्रविधिको ज्ञान र सीपप्रदानहुने गरी समयको मागअनुसारको जनशक्ति उत्पादनमा बल पुग्ने ।
  • वर्तमान राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतले चाहे जस्तो वालअधिकार र मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण ढंगले सकारात्मक रुपमा प्रभावपार्ने ।
  • संस्थाको शैक्षिक, भौतिक एवं प्रशासनिक क्षेत्रको गुणस्तर वृद्धिमा थप उर्जा प्राप्तहुने ।

भौतिक सुधार एवं व्यवस्थापन परियोजना पछि दिगो व्यवस्थापनको प्रतिवद्धता: आफ्नो स्थापनकालदेखि नै यस ‘सीमाविहिन स्वयं सेवक’नामक संस्थाले मानवतावादी दृष्टिकोणलाई आत्मसातगर्दै आफ्नो कार्य क्षेत्रमा निरन्तर समाजसेवाका लागि उल्लेखनीय कार्य गर्दै आएको छ । यस संस्थाले यहा“ प्रस्तावित परियोजना कार्यक्रम सञ्चालनार्थ सहयोग प्राप्त गरेका खण्डमा यसको दिगो व्यवस्थापनका लागि यस संस्थाको व्यवस्थापन समितिका साथै कर्मचारी प्रशासन पक्ष दृढतापूर्वक प्रतिवद्ध रहने कुरा सुनिश्चित छ । यस सन्दर्भमा संस्थाको व्यवस्थापन समितिको निर्णय यसै प्रस्तावना–पत्रसाथ संलग्न रहेको छ ।

भौतिक सुधार एवं व्यवस्थापन परियोजनाले संस्थाको स्तरोन्नतिमा वृद्धि गरी लक्षितलाभ एवं उपलव्धि हासिलगर्न सकिने प्रतिवद्धता:
आज संसारभरि नै समुदायका गरिव,विपन्न,पिछडा,सीमान्तीकृत, अपाड्ड,दलित,सुविधा विहिन वर्गका मानिसहरुलाई विकासको मूलप्रवाहमा ल्याउनु पर्दछ भन्ने मान्यता अघि बढिरहेको छ । वर्तमानमा यस वर्गका वालवालिकाहरुलाई समय साक्षेप शिक्षा, स्वास्थ्य ,सुरक्षा,गा“स, बास,कपास जस्ता अपरिहार्य मानवीय आवश्यकता पूरा हुने अवस्थाको निर्माण गर्नु राज्य,समुदाय, परिवारका साथै गैर–सरकारी संघ–संस्था आदिको प्रथम दायित्व रहेको देखिन्छ । यसै बुझाइका कारण यो संस्था पनि सम्पूर्ण रुपमा संस्थामा प्रस्तावित परियोजना कार्यक्रम सञ्चालन गर्न अपेक्षित सहयोग प्राप्तभएमा माथिउल्लेखित लक्षितलाभएवं उपलव्धिहासिलगर्न सकिन्छ भन्ने विषयमा दृढ संकल्पितअनि प्रतिवद्ध छ ।

Address: